कांग्रेसमा गुटको सकस : पौडेल र सिटौला पक्षले डाक्यो बैठक

Nepal Live

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको भेला आज डाकिएको छ। आफू पक्षधर नेताहरुलाई भेलामा डाकिएको हो।

१३औं महाधिवेनमा पौडेलले सम्पर्क कार्यालय बनाइएको ढुङ्गेधारास्थित सहकारी भवनमा बैठक बस्ने भएको छ। बिहान ११ बजेदेखि बस्ने बैठकमा आफ्नो समूहको रणनीति तय गर्ने बताइएको छ। भदौमा बोलाउने भनिएको महासमिति बैठक पर सरेको छ भने विधान मस्यौदा समिति गठन हुन सकेको छैन। 

सभापति शेरबहादुर देउवा पक्षले विधान मस्यौदा समिति सदस्यका लागि पौडेलसँग नाम माग गरेका छन्। विधान मस्यौदा समितिमा पठाउने व्यक्ति, महासमिति बैठक, संस्थापन पक्षका विधान विपरीतका गतिविधि र प्रतिपक्ष दलको सशक्त भूमिकाका विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी गराए। 

बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंह, अर्का नेता अर्जुन नरसिंह केसी पनि सहभागी हुँदैछन्। 

केन्द्रीय समितिका पौडेल र सिटौला पक्षका सबै नेतालाई बैठकमा बोलाइएको छ। केन्द्रीय समितिमा सभापति देउवा स्पष्ट बहुमतमा छन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार