काठमाडौं– ललितपुरमा प्रहरीले तीन युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ललितपुरको नखिपोटबाट मेड इन जर्मन लेखिएको पेस्तोलसहित रामेछापका कृष्णबहादुर जोशी, आँसुतोस मोक्तान र हेमराज पौडेललाई पक्राउ गरेको हो। पेस्तोलको ५ राउन्ड गोली समेत बरामद भएको छ।
परिसरका इन्सपेक्टर अनिल ठकुरी नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु पेस्तोल देखाएर विभिन्न किमिसका अपराध गर्दै आएका व्यक्तिहरु भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको एसएसपी बिश्वराज पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।