काठमाडौं– साउन २५ देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिरिम पर्या छन्’ को ट्रेलर सार्वजनिक भएको छ। पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो।
सार्वजनिक ट्रेलरमा दिलिप रायमाझी र जय किसन बस्नेतको कमेडी अभिनय देख्न सकिन्छ। फिल्ममा दिलिप र जयकिसनका साथ शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डित लगायतको अभिनय छ।
माता बसुन्धरा मुभिज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्मलाई विमल ढकालले खिचेका छन्। ग्रामीण परिवेशको कथामा निर्माण गरिएको फिल्ममा विकास चौधरी, विनोद भुजेलको संगीत तथा बाबु बलामीको द्वन्द्व छ।
फिल्मलाई पुरन थापाले निमार्ण गरेका हुन्।
ट्रेलर भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।