काठमाडौं– साउन २५ देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कहीँ कतै’ को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ तथा डेब्यू कलाकारहरु शिवानी गिरी र सोनम बरफुङ्गपालाई देखाइएको छ। खासगरी दिलीपको मार्मिक अभिनय ट्रेलरमा देख्न सकिन्छ।
फिल्ममा दुई नव कलाकार सोनम र शिवानीको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।
पर्दाबाट हराएका दिलीपको फिल्म यात्रा पछिल्लो समय बाक्लिँदै गएको छ। मंगलबार पनि उनको अभिनय रहेको फिल्म 'नाइँ नभन्नु ल ५' को ट्रेलर सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।