काठमाडौं– फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। फ्रान्सले मंगलबार राति भएको पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
बुधबार राति सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। विजेताले फ्रान्ससँग उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ।
पाँच पटकको विश्वविजेता ब्राजिललाई हराएको बेल्जियम फ्रान्सविरुद्ध कहाँ चुक्यो? फ्रान्सको अब्बल पक्ष के–के हुन्? बुधबार इंग्ल्यान्ड र क्रोएसिया मध्ये कुन टिमले बाजी मार्ला?
नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।