कठमाडौं– फिल्म 'नाइँ नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा प्रेम र रोदनका दृश्यलाई प्राथमिकतासहित प्रस्तुत गरिएको छ। बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको प्रेमकथामाथि सिर्जना भएका विभिन्न परिस्थिति ट्रेलरमा देखाइएको छ।
फिल्ममा अनुभव र सेड्रिनासँगै, दिलीप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, नवनायक अभिषेक नेपाल लागायतको अभिनय छ। फिल्मलाई विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन्।
सामीप्यराज तिमल्सिनाको कथा रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। इलाम, झापा लगायत स्थानमा छायांकन गरिएको फिल्म आउँदो भदौ ८ गतेबाट प्रदर्शनमा आउनेछ।
फिल्मको ट्रेलर-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।