काठमाडौं– यौन मनोविज्ञानको कथा रहेको फिल्म ‘मिस्टर भर्जिन’ को टिजर सार्वजनिक भएको छ।
विभिन्न हास्य दृश्य समेटिएको टिजरमा गौरव पहारी, विजय बराल र कमलमणि नेपालसँगै मरिश्का पोखरेल देखिएका छन्। मरिष्का यौनकर्मीको भूमिकामा रहेकी छिन्।
विशारद बस्नेतले निर्देशन गरेको फिल्ममा गौरव, विजय, कमलमणि, मरिश्का सहित भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ।
महेश दवाडीको कथामा बनेको फिल्म रामेश्वर कार्कीले छायांकन गरेका हुन् भने मिलन डी. काप्रीले सम्पादन गरेका हुन्।
टिजर-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।