मुम्बइ- भारतको मुम्बइ सहरमा हिजोदेखि परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ। मुम्बइको सहरी क्षेत्रमा सोमबार ७८ दशमलब ७ मिलिमिटर वर्षा मापन गरिएको थियो, जुन पाँच वर्षयताकै धेरै हो।
वर्षापछि तुलसी ताल भरिएर आएको बाढीले सडक भरिँदा खाल्डोमा परेर एकजनाको मृत्यु भएको जनाइएको छ। मुम्बइका सडकहरु पानीले डुबाएपछि शैक्षिक संस्थाहरु बन्द गरिएका छन्। सहरका अधिकांश भूभागमा पानी जम्मा भएको छ। त्यहाँको मौसम विभागले अझ दुई दिन वर्षा जारी रहने अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।