काठमाडौं– सरकारले राजधानीका केही निश्चित क्षेत्रमा मात्रै प्रदर्शन गर्ने ठाउँ तोकेपछि त्यसको विरोधमा माइतीघरमा प्रदर्शन गर्न गएका विवेकशील साझा पार्टीका एकजना संयोजक उज्ज्वल थापा पक्राउ परेका छन्। उनीसहित अन्य केही नेता पनि पक्राउ परेको सो पार्टीले जनाएको छ।
'गिरफ्तारीप्रति विवेकशील साझा पार्टी घोर आपत्ति प्रकट गर्दछ', सो पार्टीको तर्फबाट ट्विट गरिएको छ।
सरकारले साउनबाट लागू हुनेगरी काठमाडौंको खुलामञ्च, कोटेश्वरको तीनकुने खुल्ला चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरन फुटबल मैदान लगायतका ठाउँमा मात्रै पदर्शन गर्न पाइने भनेको छ। साथै, ललितपुरको च्यासल खेल मैदान, बज्रबाराही मन्दिर अघिको खुला ठाउँ र गोदावरी बसपार्कको छेउ लगायतका केही ठाउँमा प्रदर्शन गर्न पाइने छ। त्यस्तै, भक्तपुरमा सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गामा पदर्शन गर्न पाइने छ।
नागरिक स्वतन्त्रता खोस्न लागिएको भन्दै माइतीघर मण्डलामा निषेधित क्षेत्र अवज्ञाका लागि उनीहरु जम्मा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।