काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार बेलुका राष्ट्रपति निवास शीतल निवास पुगेर मित्रराष्ट्र चीनमा भएको आफ्नो ६ दिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते प्रधानमन्त्री ओली चीन गएकामा भ्रमण सम्पन्न गरी आइतबारै उनी स्वदेश फिर्ता भएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।