काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा टोनी क्रुसले अन्तिम मिनेटमा गोल गरेपछि १० खेलाडीमा सीमित जर्मनीले स्विडेनमाथि २-१ को रोमाञ्चक जित हात पारेको छ।
क्रुसले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौमा उत्कृष्ट गोल गर्दा जर्मनीले रोमाञ्चक जित हात पर्न सफल भयो। ३२ मिनेटमा स्विडेनका टोइभोनेनले गोल गरेर स्विडेनलाई अग्रता भने ४८ मिनेटमा जर्मनीका मार्को रेउसले बराबरी गोल फर्काउन सफल भए।
८२ मिनेटमा जर्मनीका डिफेन्डर बोएटिङ दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। स्विडेनलाई हराएपछि जर्मनीले अन्तिम १६ मा पुग्ने आसा बाँकी नै राखेको छ।
खेलको हाइलाइट्स भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।