पाकिस्तान- पाकिस्तानी तालिबान समूहले उक्त समूहका प्रमुख नेता मूल्ला फाजलुल्लाहको गत हप्ता पहिले अमेरिकी मानवरहित युद्धक विमानको सहयोगमा गरिएको आक्रमणमा मृत्यु भएपछि नयाँ नेतृत्व चयन गरिएको छ।
पाजलुल्लाहले सन् २०१२ मा पाकिस्तानी किशोरीहरूलाई विद्यालय जान प्रोत्साहन गर्ने अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजाईको असफल हत्याको निर्देशन दिएको भन्ने विश्वास छ।
तेहरिक–ए–तालिवान पाकिस्तान (टिटिपी) पनि यूसुफजाई तथा करिब १ सय छात्रासहित १ सय ५० जनाभन्दा बढीमाथि सन् २०१४ मा गरिएको असफल हत्या प्रकरणमा दोषी मानिँदै आएको छ।
उक्त समूहले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीमार्फत आफ्ना नेताको मृत्यु भएको र उनको स्थानमा नयाँ नेतृत्व आएको शनिबार जनाएको हो। उक्त आक्रमणमा तालिबानका अन्य दुई उच्च नेताको पनि मृत्यु भएको थियो।
टिटिपीले मुफ्ती नूर वाली मेहसुदलाई नयाँ नेतृत्वमा ल्याएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।