जेरुसेलम- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्नीलाई सरकारी कोषको दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरिएको छ।
जेरुसेलमको जिल्ला वकिलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतन्याहुका विरुद्धमा मुद्दा दायर गरेको कानुन मन्त्रीले विज्ञप्तिमा जनाएका छन्।
आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिलाई सन् २०१० देखि २०१३ को बीचमा प्रधानमन्त्री कार्यालयको खर्चमा महँगो रेस्टुरेन्टमा खाना खुवाएको र त्यसका लागि एक लाख अमेरिकी डलर खर्च भएको भन्ने विषयमाथि ५९ वर्षीया सारा विरुद्ध मुद्दा चलाइएको हो। उनीमाथि घुस लिएको र झुटो बयान दिएको आरोप लगाइएको छ।
यस प्रकरणमा प्रधानमन्त्री नेतन्याहु पनि अनुसन्धानको घेरामा रहेको बताइएको छ।
सारासँगै प्रधानमन्त्री कार्यालयका पूर्व उप-महानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा कारबाही भएको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।