काठमाडौं– रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार खुलेको छ। कम्पनीको पहिलो कारोबारलाई नेप्सेले ९८ रुपैयाँ ४२ पैसा देखि २ सय ९५ रुपैयाँ २३ पैसा दिएको छ।
रैराङ हाइड्रोपावरले बैसाख ३१ गतेदेखि जेठ ३ गतेसम्म सर्वसाधरणमा ७ करोड ६४ लाख रुपैयाँ बराबरको ७ लाख ६४ हजार कित्ता सेयर खुला गरेको थियो। हाइड्रोले निष्काशन गरेको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारण र बाँकी ३३ हजार ६ सय कित्ता सेयर कर्मचारी र ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो।
कम्पनीले ९ दशमलब ९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।