ad

नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

Nepal Live

हेटौँडा– नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा आज देखि बन्दसत्र सुरु हुने भएको छ।

हेटौँडास्थित पल्पसा हलमा मंगलबारदेखि सुरू भएको भेलाको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुने भएको छ। पहिलो दिनदेखि नै बन्दसत्र सुरु गर्ने भनिएपनि मंगलबार सुरु हुन सकेन।

विधान संशोधनका लागि राय सुझाव संकलनका लागि डाकिएको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापतिहरूले आफ्ना धारणा राख्नेछन्। संघीय संरचना अनुसारको पार्टी विधान बनाउनका लागि सभापतिहरुको राय संकलन गरिने छ। भेलाबाट पारित निर्णयलाई भदौमा हुने महासमिति बैठकले अनुमोदन गर्नेछ। 

संघीयतापछि कांग्रेसको संगठन सोही अनुरूप गठन हुन विधानले रोकेको छ।

बन्द सत्रमा संस्थापन पक्ष ७ प्रदेशबाट प्रतिनिधिमुलुक धारणाको लागि समय दिएर भेला छोट्याउने पक्षमा छ भने संस्थापन इतर समूह सबै जिल्लाका पार्टी सभापतिहरूले बोल्न पाउनुपर्ने माग गरिरहेका छन्।

स्थानीय तहको अवस्था जिल्ला सभापतिहरूले राख्न नपाए भेलाको औचित्य नहुने धादिङ जिल्ला सभापति रमेश धमलाले बताए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार