जलालावाद– अफगानिस्तानमा तालीवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्।
घटनामा कम्तीमा १६ जना घाइते भएका छन्। पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा घाइते भएका सबै जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
प्रान्तीय गभर्नरका प्रवक्ता अतुल्लाह खोग्यानीले घटनाको पुष्टि गर्दै भने,‘युद्धविरामका समय गराइएको आत्मघाती विस्फोटका कारण २० जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन्।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।