ad

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल पल्टिँदा १ जनाको मृत्यु, १ घाइते

SHARES
Nepal Live

भक्तपुर– भक्तपुरको सल्लाघारीमा आज बिहान मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्। 

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ रहेका छन्। उनको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकको पछाडि सवार भक्तपुर बस्ने बागलुङका २१ वर्षीय सुन्दर खड्काको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

आज बिहान साढे ३ बजे ठिमीबाट सल्लाघारीतर्फ जाने क्रममा सडकका रहेको चौपायालाई जोगाउन खोज्दा बा५५प २५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार