नयाँ दिल्ली– भारत नियन्त्रित जम्मु कास्मिर प्रदेशकी मुख्य मन्त्री मेहबुबा मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गरेकी छिन्।
द्वन्द्वग्रस्त क्षेत्र र द्वन्द्वमा संलग्नहरूको जीवन र सम्पत्ति जोगाउनका लागि आपसी लडाई अन्त्य गर्नुपर्ने मुख्य मन्त्रीको भनाइ छ।
मुस्लीम समुदायको महान पर्व इदको अवसरमा युद्धविराम भएको सन्दर्भमा मुख्य मन्त्री मुफ्तीले यस्तो आह्वान गरेकी हुन्।
गत महिना दुवै देशका सैनिकहरूले सन् २००३ मा भएको युद्धविरामको सम्झौतालाई अक्षरस र भावना अनुसार नै पूर्ण रूपमा कार्यान्वयन गर्न सहमत भएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।