अरुण तेस्रो आयोजनाको कार्यालयमा सकेट बम बिस्फोट

Nepal Live

प्रतिकात्मक तस्बिर


संखुवासभा– अज्ञात समूहले संखुवासभाको तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा आज बिहान तीन वटा सकेट बम बिस्फोट गराएको छ। 

बम बिस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम सारुमगरले बताए। उनका अनुसार तुम्लिङटारस्थित सम्पूर्ण होटल, गाउँवस्तीमा सुरक्षा जाँच कडा पारिएको छ। 

पटक–पटक सो कार्यालयलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गत बैसाख १८ गते पनि बम बिस्फोट गराएको थियो। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार