पोखरा– लेखनाथ महानगरपालिका–१५ कालिका मार्ग बस्ने एक व्यक्तिले छोराको हत्या गरेर आत्महत्या प्रयास गरेका छन्। ४० वर्षिया रामजी घलेले ११ वर्षिय छोरा ज्ञापन घलेको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका हुन्।
छोराको हत्यापछि उनले श्रीमती सुमित्राको समेत हत्या प्रयास गरेका थिए। त्यसपछि आफैंले आफ्नौ घाँटी रेट्ने प्रयास गरेको प्रहरीले जनाएको छ। घले दम्पतीको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।