ad

वरिष्ठ पत्रकार ‘चाचाजी’को नेपालगन्जमा नागरिक अभिनन्दन

SHARES
Nepal Live

नेपालगन्ज- प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’लाई नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ। ६ दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय रही  प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा योगदान पुर्‍याएका ८९ वर्षीय गुप्तालाई अभिनन्दन गरिएको हो।

गुप्ता र उनकी धर्म पत्नीलाई रथमा राखेर बाजागाजासहित बजार परिक्रमा गराएर नागरिक अभिनन्दन गरिएको हो। रथारोहणपछि आयोजित विशेष समारोहमा नेपालगन्ज उपमहानगरका प्रमुख डा धवल शमशेर राणा, उपप्रमुख उमा थापामगरले नागरिक अभिनन्दनपत्र प्रदान गरेका थिए। 

अभिनन्दन समारोहमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, उपाध्यक्ष विपुल पोखरेल, बाँके क्षेत्र नं १का सांसद महेश्वर जंग गहतराज लगायतले गुप्ताले पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे।

गुप्ता नेपालगन्जबाट प्रकाशित हुने किरण साप्ताहिकको सम्पादक हुन्। उनलाई नेपालगन्जका पत्रकारहरुले सम्मानका साथ चाचाजी भनेर सम्बोधन गर्छन्। सरल र मिलनसार स्वभावका गुप्ता स्वास्थ्यले साथ दिँदासम्म आफ्ना नातिनातिना पुस्ताका पत्रकारसँगै रिपोर्टिङमा जान्थे।

प्रेस युनियन बाँके, नेपालगन्ज उपमहानगरपालिका लगायत विभिन्न संघसंस्थाले गुप्ताको नागरिक अभिनन्दन गरेका हुन्।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार