काठमाडौं- प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्था तथा सहकारी र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको बजेटमाथि छलफल सुरु भएको छ।
संसदमा २१ वटा मन्त्रालयगत छलफल केही दिन चल्नेछ। उक्त छलफलमा प्रतिपक्षले खर्च कटौतीको प्रस्ताव गर्नेछन् भने अन्य सांसदले आफ्नो धारणा राख्नेछन्। सांसदहरुको प्रश्नको जवाफ दिएसँगै बजेटमाथिको दफबार छलफल समाप्त हुनेछ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ का लागि जेठ १५ बजेट ल्याएका थिए। १३ खर्ब १५ अर्ब बराबरको बजेट सरकारले ल्याएको थियो।
उक्त बजेटमा प्रमुख प्रतिपक्ष दलका सांसदले योजनाबिनाको भनी टिप्पणी गर्दै आएका छन् भने सत्ता पक्षले आर्थिक स्थायित्व कायम गर्ने दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।