ad

नदी उत्खननमा प्रयोग गरिएका ट्याक्टर र टिप्परसहित ६ जना पक्राउ

SHARES
Nepal Live

विराटनगर– अवैध रुपमा ढुंगा, गिट्टी उत्खनन तथा ओसारपसारमा संलग्न १० सवारीसाधनसहित ६ जनालाई मंगलबार मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लामा नदी उत्खननमा निषेध गरिएका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ट्याक्टर र टिप्पर तथा संलग्न व्यक्तिलाई कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सुन्दरहरैचा नगरपालिका १ मसानघाटस्थित लोहोन्द्रा खोलाबाट एउटा टिप्पर, वडा नम्बर ३ गछिया चौकबाट तीन वटा टिप्पर तथा बेलबारी नगरपालिका ९ स्थित चिसाङ खोलाको गौसलीबाट ६ वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, ती सवारी साधनका ६ जना चालकलाई पनि नियन्त्रणमा लिइएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार