तीन जना फरार अभियुक्त पक्राउ

Nepal Live

विराटनगर– प्रहरीले मोरङ र उदयपुरबाट विभिन्न मुद्दाका फरार ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। 

मन्जर आलम र रुपेशकुमार यादवलाई मोरङको विराटनगर १५ बाट पक्राउ गरिएको छ। उनीहरु केही सार्वजनिक मुद्दाका प्रतिवादी हुन्।

यसैगरी, चोरी मुद्दामा अदालतद्वारा सजाय सुनाइएका उदयपुर चौदण्डीगढी नगरपालिका ५ का रहिम मियाँलाई पनि नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानी र उदयपुरको सुन्दरपुरको टोलीले उनीहरुलाई घरबाटै पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार