सिंगापुर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनबीच ऐतिहासिक भेटवार्ता भएको छ। सिंगापुरको सेन्तोसा द्वीपको सुविधासम्पन्न पाँचतारे होटल कापेलामा दुई नेताबीच भेटवार्ता भएको हो।
शिखर वार्ताअघि उनीहरुले हात मिलाएका थिए। दुवै राष्ट्रका झन्डा टाँगिएको स्थानमा हात मिलाएपछि किम र ट्रम्पले होटलको पुस्तकालयमा बसेर केहीबेर भलाकुसारी गरेका थिए।
भेटपछि दुवैले एकै ठाउँ लन्च गरे। लन्चमा दुई नेतालाई उपलब्ध गराइएको मेनु यस्तो छ-
– परम्परागत ककटेल प्राउन र एभोकाडो सलाद
– हरियो आप, मह र फ्रेस अक्टोपसको सलाद
– कोरियन तरिकाले काटिएको काक्रो
मुख्य खाना
– बिफ, आलु, ब्रो काउली, रेड वाइन, स्विट पोर्क, फ्राइड राइस, चिली ससेज
– माछाको मासु, मुला र सागपात
डेजर्टस्
– डार्क चकलेट
– भेनिला आइसक्रिम विथ चेरी, केक आइटम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।