ad

ग्रेनफेल टावर आगलागीमा संलग्न भएको आशङ्कामा बेलायतमा ९ जना पक्राउ

SHARES
Nepal Live

लण्डन– बेलायतको प्रहरीले गत वर्ष भएको भीषण आगलागीको घटनामा संलग्न भएको आशंकामा ९ जनालाई पक्राउ परेको छ। 

८ जना पुरुष र एक महिलालाई ग्रेनफेल टावरमा भएको आगलागीको घटनामा दोषी हुनसक्ने भन्दै बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीहरूले बताएका छन्। 

कैयौँ घाइते भएको र ७१ जनाको मृत्यु भएको घटनाको प्रहरीले निरन्तर अनुसन्धान गरिरहेकोमा अहिले ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो। 

शृङ्खलाबद्ध तरिकाले प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै छानविन गर्दै आइरहेको छ। यसअघि ५ जनालाई दोषी ठहर गरी कारबाही पनि भइसकेको छ। 

बिहीबार पक्राउ परेका व्यक्तिहरूको बारेमा आउँदो जुलाई १३ तारिखका दिन अदालतले फैसला गर्ने बताइएको छ। रासस/एएफपी

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार