रसुवा– १७ किलो अवैध सुन ओसारपसारमा संलग्न व्यक्ति कारागार चलान भएका छन्।
कारागार चलान हुनेमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका ५ पाजुङ्का ३१ वर्षीय कार्साङ दावा तामाङ रहेका छन्।
अदालतको फैसला अनुसार उनलाई तीन वर्ष कैद र आठ करोड १४ लाख ९८ हजार जरिवाना तोकिएको थियो।
चीनको केरुङबाट अवैध रुपमा बोलेरोमा सुन लुकाएर ल्याउँदै गर्दा तामाङलाई सीमा प्रहरी चौकी टिमुरेले गत मंसिर २ गते रसुवागढी नाकाबाट पक्राउ गरेको थियो। केरूङबाट नेपालतर्फ आउँदै गरेको बा ११ च ७९१८ नम्बरको बोलेरोमा फल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा सुन फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।