बट्टार– नुवाकोट गोल्डकपको उद्घाटन खेलमा खरेलु टोली नुवाकोट–११ विजयी भएको छ । बिहीबारबाट नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेलमैदानमा सुरु भएको प्रतियोगितामा घरेलु टोली नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो।
निकै प्रतिष्पर्धात्मक खेलमा नुवाकोट–११ का तर्फबाट खेलको ३२ मिनेटमा उचित लामाले ‘वाइसाइकल किक’ मार्फत उत्कृष्ट गोल गरेका थिए। खेलमा चितवन–११ ले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा नुवाकोट विजयी भएको हो।
खेलमा घरेलु टोली नुवाकोट–११ का अमीर श्रेष्ठ ‘म्यान अफ दि म्याच’ चुनिए। उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिता अर्न्तगत आज काठमाडाैं–११ र पोखरा–११ बीच खेल हुनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैयाँ प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।