काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल परिसरमा एक्स्टेन्सन काउन्टर खोलेको छ।
एक्स्टेन्सन काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अस्पतालका निर्देशक जागेश्वर गौतमले संयुक्त रुपमा गरेका हुन्।
काउन्टरले अस्पतालको आर्थिक कारोबार गर्न सहयोग गर्नुका साथै अस्पतालमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्न पनि सहज हुने बताइएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ सय ६५ दिन, २४ सै घन्टा नै सेवा सञ्चालन हुनेगरी प्रसूति गृहमा काउन्टर खोलेको जनाएको छ।
बैंकको हाल ७० वटा शाखा तथा १ सय वटा एटिएमबाट ग्राहकलाई सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।