नेपालको गणतन्त्र दिवशको अवसरमा गुगलले बनायो ‘डुडल’

Nepal Live

काठमाडौं– नेपालमा आज १०औं गणतन्त्र दिवश मनाइदैछ। पहिलो संविधान सभाको पहिलो बैठकले २०६५ सालमा आजकै दिनमा नेपाललाई गण्तन्त्रात्मक मुलुक भएको घोषणा गरेको थियो।

गणतन्त्र दिवशकै अवसरमा आज देशभर विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछ। यसैबीच नेपालको गणतन्त्र दिवशका अवसरमा वेव सर्च इन्जिन गुगुलले ‘डुडल’ बनाएको छ।

डुडलमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई अंकित गरिएको छ। जसलाई क्लिक गर्दा गणतन्त्र दिवशको बारेमा जानकारी भएको लिंक खुल्दछ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार