कम्पाला– युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म ४८ पुगेकोे छ।
अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन्। मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ।
यसअघि युगाण्डा बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका थिए।
युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु केही घाइते भएको अधिकारीले जानकारी दिएका छन्। घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ।
प्रहरी प्रवक्ता इमिलियन कायीमाका अनुसार युगाण्डाको लिरा जिल्लाबाट राजधानी कम्पालातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो।
पूर्वी अफ्रिकी मुलुक युगाण्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि २ हजार जनाको मृत्यु हुने गरेको पाइन्छ। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।