काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ। दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभामा नीति तथा कार्यक्रमका सम्बन्धमा कतिपय सांसदले संशोधनसहित आफ्नो सुझाव पेश गरेका छन्।
यसै क्रममा आफ्नो धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अग्नी सापकोटाले कार्यक्रममा समर्थन जनाउँदै केही सुझावहरु पनि दिएका छन्। आगामी ५ वर्षसम्म स्थिर सरकार सञ्चालनको जनताबाट अभिमत पाएकोले नीति तथा कार्यक्रमले लिएका लक्ष्यहरु पुरा हुनेमा आफु आशावादी रहेको बताए। उनले भने,‘स्थायी सरकारले चन्द्रमा पुग्ने लक्ष्य लिनु स्वभाविक छ। अव यसको कार्यान्वयनमा जोड दिनुपर्दछ।’
नीति तथा कार्यक्रममा सम्बन्धमा नेता सापकोटाका सुझाव:
१) सरकारको नीति तथा कायक्रम राजनितिक रुपमा सहि छ। इच्छा शक्ति पनि प्रकट भएको र प्राथमिकतासमेत प्रष्ट पारिएको छ। त्यसकारण यसलाई समर्थन गर्दछु।
२) भ्रष्टाचारलाई अन्त्य गर्न कठोर कदम चाल्नुपर्छ। अहिले परिवर्तनका सकारात्मक किरणहरु देखा पर्न थालेका छन्। जस्तैः यातायातमा सिन्डिकेटको अन्त्य।
३) हाम्रा प्राथमिकताहरु सुशासन, कानुनी राज्य, भौतिक विकास, कृषि, पर्यटन, उर्जा, जलस्रोतहरु हुन्। यसलाई नै केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्दछ।
४) राष्ट्रियताको विषयमा सकारात्मक संकेतहरु देखा परेका छन्। चिसिएको भनिएको भारतसँगको सम्बन्धमा पनि बिस्तारै न्यानोपन देखिदैछ। यसको पछिल्लो उदाहरण विराटनगरमा रहेको भारतीय राजदुतावसको सम्पर्क कार्यालय हटाउने निर्णयलाई मान्न सकिन्छ। नमिलेका कुराहरु यसैगरि समझदारीमा मिलाउँदै लैजानुपर्दछ।
५) हामी २ विशाल अर्थतन्त्र भएका मुलकका बिचमा छौँ। हामीले भारत र चिनसँग रणनितिक सम्झौता गर्नुपर्छ।
६) बजेट प्रभावकारी रुपले कार्यान्वयन गर्नुपर्छ।
७) नेपालमा काम गर्ने संस्कृतिमा ह्रास आएको छ। त्यसकारण काम गर्नेलाइ पुरस्कार र नगर्नेलाइ सजाय दिने व्यवस्था लागु गर्नुपर्छ।
८) यातायात र सुन कान्डमा सरकारले लिएको कदम प्रशंसनिय छ। अन्य क्षेत्रमा पनि रहेका यस्ता बेथिति हटाउन सरकार क्रियाशिल रहोस्।
९) राष्ट्रिय गौरवका आयोजनाहरुमा सर्वाधिक जोड दिनुपर्छ। नीति तथा कार्यक्रममा सम्मिलित वित्तिय अनुशासनमा कडाइ गर्ने, वैदेशिक लगानीको प्राथमिकता प्राप्त क्षेत्रमा लगानी, राजस्व चुहावटमा कडाइ गर्ने कुरा स्वागतयोग्य छन्।
१०) सरकारले भूकम्पपिडित जनताका गुनासो छिटो सम्वोधन गरि वास्तविक पीडितलाइ विना झञ्जट सहुलियत ऋण उपलब्ध गराउनुपर्छ।
११) तातोपानी नाका रणनीतिक, राजनितिक, मित्रता तथा राजस्वको हिसाबले महत्वपूर्ण छ। त्यसैले तातोपानी नाका खोल्न सरकारको गम्भिर ध्यान जानुपर्छ।
१२) बजेट मूर्त, ठोस, वैज्ञानिक, स्पष्ट भएर आउनुपर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।