बग्दाद- इराकको राजधानी बग्दादमा अवस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका ४ व्यक्तिको हत्या गरेका छन्। आत्मघाती बम आक्रमणमा परी अरु १६ जना घाइते भएको समाचारमा जनाइएको छ।
मारिनेमा एक जना सुरक्षा अधिकारी पनि परेका छन्।
मुस्लिम राष्ट्रहरुमा हाल रमाजान व्रतको महिना चलिरहेको छ। एक महिनासम्म चल्ने यस व्रतका क्रममा पनि प्रायः दैनिकजसो हत्या हिंसा रोकिएको छैन।
इराकी राजधानी बग्दादको छिमेकमा पर्ने सिया मुसलमान समुदायको बढी प्रभाव रहेको अल सोआला जिल्लामा अवस्थित उक्त क्याफेमा खाना खाइरहेका प्रहरीलाई लक्ष्यगरी सो हमला भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।