काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो।
केन्द्रीय सदस्यहरुको नामावलीसहित हस्ताक्षर संकलन गर्नका लागि बैठक बोलाइएको हो। पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने क्रममा निर्वाचन आयोगलाई हस्ताक्षर सहितको नाम बुझाउन बाँकी छ। बैठकका लागि नागरिकतासहित उपस्थित हुन सदस्यहरुलाई निर्देशन गरिएको थियो।
बैठकमा पार्टी अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुलाई निर्देशन समेत दिँदैछन्। गत सोमबारको सचिवालय बैठकले ४४१ सदस्य रहेको केन्द्रीय समितिलाई अनुमोदन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।