काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन आवश्यक जनशक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘हिसान शैक्षिक मेला’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिखाने जनशक्ति निर्माण हुनेगरी शिक्षाको आवश्यक प्रबन्ध गर्न सरकारले चाहेको बताए। उनले गुणस्तरीय शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै निजी क्षेत्रका विद्यालयहरुको प्रशंसा पनि गरे।
प्रधानमन्त्री ओलीले विगतमा सरकारकै कमजोरीकै कारण गुणस्तरीय शिक्षा दिन नसकेको पनि तर्क गरे। उनले नेपाल ज्ञान र विज्ञानको उर्वर भूमि भएको भन्दै त्यसलाई चिनेर अगाडि बढ्न पनि सबैलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।