एजेन्सी– दक्षिण अफ्रिकन ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित सन्न्यास लिने घोषणा गरेका छन्।
आइपिएल क्रिकेटमा सहभागी भएर स्वदेश फर्के लगत्तै उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर सन्न्यास लिने घोषणा गरेका हुन्। आइपिएल खेलेर फर्किएको चार दिनपछि उनले भिडियो पोस्ट गर्दै भनेका छन्, 'म थाके। मलै सबै प्रकारको अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने निर्णय गरेको छु।'
उनले देशका लागि १ सय १४ टेस्ट, २ सय २८ एकदिवसीय र ७८ टी–२० क्रिकेटबाट खेलेका थिए। उनले सन्न्यास लिग निर्णय कठिन भएको बताएउँदै भारत र अस्ट्रेलिया विरुद्धको सिरिजपछि सन्न्यास लिने सहि समय भएको ठानेको जनाएका छन्। उनले अन्य देशको घरेलु लिग खेल्नेबारे प्रस्ट पारेका छन्। यद्यपी उनले घरेलु लिग भने खेल्ने जनाएका छन्।
भिलियर्सले टेस्टमा २२ शतक प्रहार गर्दा ८ हजार ७ सय रन बनाएका छन्। यस्तै एकदिवसीय खेलमा उनले २५ शतक प्रहार गर्दा ९ हजार ५ सय रन जोडे। टी–२० मा शतक बनाउन नसकेपनि उनले १६ सय ७२ रन जोडेका थिए। उनले सन् २००४ मा इंग्ल्यान्ड विरुद्ध टेस्टमा डेब्यू गरेका थिए। एकदिवसीय खेलमा २००५ मा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।