इलाम– इलामको माङसेबुङ गाउँपालिका ३ का गौतम भन्ने सनिहाङ सावाँको घरबाट प्रहरीले २ थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। सावाँको घरबाट प्रहरीले छापा मारेर १ थान लोड भएको र १ थान खाली बन्दुक नियन्त्रणमा लिएको हो।
जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सावाँको घरमा बन्दुक राखिएको विशेष सूचनाका आधारमा खानतलासी गर्दा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।