काठमाडौं– इन्डियन प्रिमियर लिग(आइपिएल)मा प्रभावशाली प्रदर्शन गरेर नेपाल फर्किएको भोलीपल्टै क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन्। उनलाई सिप्रदी ट्रेडिङले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरी टाटा टिगोर कार दिएको हो।
सो कारको मूल्य नेपालमा २३ लाख ४५ हजार रुपैयाँ छ। कार बापत सन्दीप ३ वर्षसम्म नेपालमा टाटा गाडीको ब्रान्ड एम्बेसडर बन्नेछन्।
सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन्। दिल्ली डेयरडेभिल्समा आबद्ध भएका उनले उत्कृष्ट बलिङ गरी विश्वभरीका क्रिकेटरहरुबाट प्रशंसा बटुलेका छन्। आइपिएलकै प्रदर्शनका कारण उनी वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा समेत परेका छन्। जुन खेल आगामी १६ गते इंंग्ल्याण्डको लर्डस्मा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।