काठमाडौंं- नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरेको छ।
जेठ ३ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपश्चात् ४ सय ४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने सहमति भएको थियो। सहमतिअनुसार एमालेतिरबाट २४१ र माओवादीतिरबाट २०० जनाले केन्द्रीय सदस्यमा प्रवेश पाएका थिए।
सोमबार बसेको सचिवालय बैठकले ४४१ जनाको नाम अनुमोदन गरेको थियो। विघटित दुई पार्टीमा वरीयता क्रम छुट्याउने क्रममा विवाद देखिएपछि अन्ततः वर्णानुक्रम अनुसार नाम सार्वजनिक गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।