काठमाडौं- २४ लाख ५० हजार लिएर फरार भएका वडा सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।
हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर ५ का वडासचिव गोपालचन्द्र लामालाई अख्तियारले पक्राउ गरेको हो। सामाजिक सुरक्षा भत्ताको पैसा लिएर उनी भागेका थिए। आयोगले उनलाई आइतबार पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।