भेटिकन सिटी- चिलीका चर्चहरूमा बालबालिकामाथिको यौन दुर्व्यवहार प्रकरणलाई लिएर यहाँका सबै क्रिश्चियन धर्मगुरूले राजीनामा दिएका छन्।
चिलीको चर्चमा बालयौन दुराचारका कुराले विश्वभर चर्च र क्रिश्चियन धर्मगुरूबारे नकारात्मक सन्देश फैलिएपछि यसको समाधानका लागि भन्दै चिलीका ३४ धर्मगुरूले पोप फ्रान्सिससमक्ष राजीनामा दिएका प्रवक्ताले बताए। उनीहरू पोपसँगको तीन दिन लामो छलफलपछि राजीनामा दिन सहमत भएका हुन्।
प्रवक्ताद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'रोममा रहेका हामी सबै धर्मगुरूले धर्मपिता पोपसमक्ष राजीनामा पेश गरेका छौँ। यसबाट उहाँलाई हामीमाथि छानबिन गर्न सजिलो हुनेमा पूर्ण विश्वस्त छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।