काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि आयोजित घोषणासभामा सहभागी हुन सबै नेताहरु राष्ट्रिय सभागृह पुगेका छन्। एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेताहरु यतिबेला राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकीकरण घोषणा सभामा सहभागी भएका छन्।
घोषणासभामा भाग लिन अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ। सभागृहको हलभित्र नेता कार्यकर्ता खचाखच छन् भने भित्र पस्न नपाएका उत्साहित कार्यकर्ताहरु सभागृहको बाहिर बसेका छन्।
सभाहलभित्र सहअध्यक्ष ओली र प्रचण्ड पुग्दा गडगडाहट तालीका साथ स्वागत गरिएको छ। कार्यक्रममा दुवै नेताले पार्टी एकीकरणको औपचारिक घोषणासँगै एकताको आवश्यकता र औचित्यबारे आफ्ना धारणा राख्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।