जनकपुरधाम– प्रदेश २ को प्रदेश सभाको पहिलो अधिवेशन आज समाप्त भएको छ। प्रदेश सभाको आज बसेको बैठकमा सभामुख सरोजकुमार यादवले धन्यवाद मन्तव्य राख्दै पहिलो अधिवेशन समाप्त भएको घोषणा गरेका हुन्।
२०७४ साल फागुन २० गतेबाट सुरु भएको पहिलो अधिवेशनमा जम्मा २६ पटक बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ। सो क्रममा कुल २५ घण्टासम्म बैठक चलेको थियो।
पहिलो अधिवेशनबाट २ वटा विधेयकसमेत पारित भएको छ। सचिवालयका अनुसार आर्थिक कार्यविधि विधेयक र विनियोजन विधेयक पारित भएको हो।
प्रदेश २ को प्रदेशसभामा मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणिकरण विधेयक, स्थानीय तहको पदाधिकारी सेवा सुविधा सम्बन्धी विधेयक, प्रदेशसभाका पदाधिकारीको सेवा सुविधा सम्बन्धि विधेयक, मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि विधेयक र स्थानीय तह संचालन सम्बन्धि विधेयक गरी ६ विधेयक सचिवालयमा टेबल गर्ने अन्तिम तयारीमा रहेकाे संसद सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।