रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गोली लागेर मजदुर घाइते

Nepal Live

प्रतीकात्मक तस्बिर


बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा बुधबार साँझ गोली चल्दा एक व्यक्ति घाइते भएका छन्।

सामान्य मजदुरी गर्दै आएका कोटही माई गाउँपालिकाका रामकेश धवललाई गोली लागेको रुपन्देही प्रहरीले जनाएको छ। स्थानीय एक व्यक्तिको घरमा दिनभरि मजदुरी गरेर बेलुकी चुलोमा रोटी पकाउँदै गरेका बेला धवललाई आक्रमणकारीले पछाडिबाट ढाडमा गोली हानेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घाइतेलाई उपचारका लागि क्रिमसन मणिग्राममा प्राथमिक उपचारपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको पाण्डेले बताए। अन्दाजी ४१ वर्षका धवलको अवस्था गम्भीर रहेको बताइएको छ। (रासस)  

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार