ललितपुर- मच्छिन्द्रनाथको दुई महिना लामो रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाइने भोटो जात्रा आइतबार ललितपुरको जावलाखेलमा देखाइएको छ।
राष्ट्रप्रमुखले भोटो जात्रा हेर्ने परम्परा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी जावलाखेल मैदान पुगेकी थिइन्। यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली, ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि समारोहमा सहभागी थिए।
मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन देखाउने प्रचलन छ। भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहालमा लगेर विराजमान गराइन्छ।
हेर्नुहोस् भोटो जात्रा समारोहका केही तस्बिर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।