काठमाडौं- नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अपराह्न ५ बजे स्वदेश फर्किएका छन्।
जनकपुर हुँदै नेपाल आएका मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू नेपाल आएको बताएका थिए। मोदीले जनकपुर मन्दिर, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरको दर्शन र पूजा गरे।
दुई वर्षअघिको नाकाबन्दीका कारण यसपटक नेपाल आउँदा जनताको नजरमा भने उनी अलोकप्रिय बने। ट्विटर प्रयोगकर्ताले नाकाबन्दी सम्झाउँदै #BlockadeWasCrimeMrModi ह्यासट्याग प्रयोग गरी मोदीको विरोध गरेका थिए। यद्यपि सरकारले जनकपुर र काठमाडौं गरी दुई ठाउँमा नागरिक अभिनन्दन गर्यो।
नेपालमा करिब ३० घन्टा बिताएका उनले विभिन्न दलका नेतादेखि राष्ट्रपतिसम्मलाई भेट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।