पोखरा–फेवाताल अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सर्वोच्च अदालतले आदेश दिए अनुसार ताल वरिपरिका सबै संरचना हटाइने भएको छ।
ताल वरिपरि ६५ मिटरभित्र परेका संरचना हटाइने तयारी भइरहेको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ।
विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठन भएको समितिले २०६९ जेठ ३ गते फेवातालको अतिक्रमणबारे सरकारलाई बुझाएको प्रतिवेदनमा ताल वरिपरि ६५ मिटरभित्र परेका संरचना भत्काइने तथा अधिग्रहण गरिनेछ। भत्काइने संरचनामध्ये केही सरकारी कार्यालय समेत परेका छन्।
महानगरपालिकाका मेयर मानबहादुर जिसीले सरकारी भनेर छुट नपाइने र सबै भत्काउने तयारी गरिरहेको बताए।
‘६५ मिटर मापदण्डभित्र परेका सबै संरचना भत्कन्छ’, उनले भने, सर्वोच्चको पूर्ण फैसला आइसकेपछि संरचना हटाउने काम सुरु हुन्छ।’
यस्तै, पोखरा महानगरका इञ्जिनियर महेन्द्र गोदारले फेवातालको सीमांकनको काम भइरहेको जानकारी दिए। उनले तालका सीमा स्तम्भ भत्किएकाले काममा केही अवरोध आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।