कोलकता– आइपिएल क्रिकेटमा सनराइजर्स हैदरावादले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि लगातार तेस्रो जित हात पारेको छ। कोलकताको भने यो लगातार दोस्रो हार हो।
हैदरावादले शनिबार भएको खेलमा कोलकतालाई ५ विकेटले पराजित गरेको हो। कोलकताले दिएको १ सय ३९ रनको लक्ष्य हैदरावादले ५ विकेटको क्षतिमा ६ बल बाँकी छदा पार गर्यो। हैदरावादका लागि कप्तान केन विलियमसनले ५० र सकिब अल हसनले २१ बलमा २७ रन जोडे।
बलिङतर्फ कोलकताका लागि सुनिल नारिनले २ विकेट लिए। मिचेल जोनसन, पियुस चावला र कुलदिप यादवले १-१ विकेट लिए।
त्यसअघि हैदारावादले उत्कृष्ट बलिङ गरेपछि कोलकता २० ओभरमा ८ विकेटको नोक्सानी १ सय ३८ रन मा रोकियो। कोलकताका लागि क्रिस लियोनले ४९ र दिनेश कार्तिकले २९ रनको योगदान दिए।
बलिङमा हैदरावादका भुनवेश्वर कुमारले ३ विकेट लिए। यस्तै विलि स्टालाके र सकिब अलहसनले २-२ विकेट लिए।
अर्को खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। नेपालका युवा स्पनिरन सन्दीप लामिछाने आवद्ध दिल्लीको यो पहिलो जित हो। यसअघि दिल्ली लगातार २ खेलमा पराजित भएको थियो। सुरुवाती तीनै खेलमा सन्दीपले भने मौका पाउन सकेनन्। मुम्बई भने लगातार तेस्रो खेलमा पराजित भयो।
मुम्बईले दिएको १ सय ९५ रनको लक्ष्य दिल्लीले अन्तिम बलमा ३ विकेटको क्षतिमा पार गर्योग। दिल्लीको जितमा ओपनर जासन रोएले नटआउट ९१ रन जोडे। उनले ५३ बलमा समान ६–६ चौका र छक्का प्रहार गरे। रिशव पन्तले २५ बलमा ४७ र श्रेयर एयर नटआउट २७ रन बटुले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।