काठमाडौं- एभरेस्ट इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ। कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार ३ सय १४ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार ३ सय ५२ दशमलब ८२ रुपैयाँ दिएको थियो।
नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो।
यसैबीच, कम्पनीको २३औं वार्षिक साधारणसभा आगामी बैसाख १० गते अग्रवाल भवन कमलपोखरीमा हुने भएको छ। उक्त साधारणसभाले प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित गर्नेछ।
कम्पनीले आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट १ करोड २१ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ६ लाख ३९ हजार रुपैयाँ बराबरको नगद लाभांश दिन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।