कोलम्बो–अन्तिम बलमा छक्का प्रहार गरी निदहास ट्रफी भारतले कब्जा गरेको छ। आइतबार कोलम्बोमा भएको फाइनलमा भारतले बंगलादेशलाई ४ विकेटले पराजित गरेको हो।
दिनेश कार्तिकको बिष्फोटक ब्याङटीङमा भारत बिजयी भएको हो। अन्तिम ३ ओभरमा भारतलाई ३६ रन चाहिएकोमा कार्थिकले उत्कृष्ट फिनिसिङ गरेका हुन्। अन्तिम बलमा भारतलाई ५ रन चाहिएकोमा कार्तिकले छक्का प्रहार गरी जिताएका हुन्। ८ बलमा ३ छक्कासहित २९ रन हानेका उनी म्यान अफ दी म्याच बने।
टस जितेर फिल्डिङ रोजेको भारतलाई बंगलादेशले एक सय ६७ रनको लक्ष्य दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।